पछिल्लो २४ घण्टामा देशभर २२ जना कोभिड १९ संक्रमित थपिएका छन् । ५ हजार १४४ वटा नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ४६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ५६८ मा झरेको छ । आज १५ हजार ३५५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।