प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन् ।
श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सो बताएका हुन् ।
उनले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिए । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राखे ।
उनले बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि पहिलेजस्तै नेपाल प्रतिबद्ध रहेको धारणा दोहोर्याए ।
उनले गौतम बुद्धको देश नेपालमा गौतम बुद्ध सर्किट निर्माण गरेर अग्रगामी र एकीकृत बिमस्टेकलाई बनाउन सकिने धारणा राखे । उनले भने, ‘हामीले बुद्धदर्शन (धर्म)लाई बलियो समन्वयात्मक शुत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।’