कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकालाई अनिवार्य पिसिआर नगराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई अनिवार्य पिसिआर नगराउन अनुरोध गरेका हुन्।
