कचनकवल गाउँपालिकाको पथरियामा आज भएको हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ४०० भन्दा बढीले सेवा लिएका छन् ।
दूरदराजका विपन्न समुदाय तथा मजदुरहरुलाई लक्षित गरेर काठमाडौँस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवं रोटरी क्लब अफ भद्रपुर, इनरह्विल क्लब अफ भद्रपुरलगायतले कचनकवल–२ को कार्यालय परिसरमा स्वाथ्य शिविरको आयोजना गरेका थियो ।
चिकित्सकीय टोलीमा विशेषज्ञ डा समिर कार्की, डा अनिश ज्ञवाली, स्वास्थ्यकर्मी मैना गुरुङ, क्षितिज गड्तौलालगायत मेची अस्पताल, भद्रपुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीसमेतको सहभागिता थियो ।
शिविरबाट पहिलो दिन ४०० भन्दा बढीले सेवा लिएको र सोही शिविर शुक्रबार कचनकवल–६ को बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिए ।
यो शिविर अर्थोपेडिक अस्पतालको वार्षिक कार्यक्रम तालिकानुसार भएको बताउँदै श्रेष्ठले शिविरमा झन्डै रु चार लाख बराबरको औषधि पनि निःशुल्क वितरण गरिएको जानकारी दिए ।