नेपाली कांग्रेस भक्तपुरको जिल्ला अधिवेशनले वर्तमान पार्टी सभापति दुर्लभ थापालाई नै पुनः सभापतिमा निर्वाचित गरेको छ ।अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका थापाले प्रतिस्पर्धी नेता अष्टकुमार कबेंलाई १ सय १३ मतले पछि पारेका हुन् ।
थापाले ५ सय ५५ मत प्राप्त गरेको छ भने कबेले ४ सय ४२ मत प्राप्त गरे । ६ वर्षअघि पनि भक्तपुर जिल्ला सभापतिमा दोस्रो चरणमा थापा र कबेंबीच नै प्रतिस्पर्धा भएको थियो । कवे नेता प्रकाशमान सिंह निकट मानिन्छन् ।
कार्यसमितिका पदाधिकारी तथा सदस्यमा पनि अधिकांश थापा प्यानलै विजयी भएको छ । उपसभापतिमा थापा प्यानलकै विजेश अवाल ५ सय २९ र उर्मिला वन ५ सय १४ मत पाएर विजयी भएका हुन् ।
सचिवमा सुशील बस्नेत ५ सय ५२ र राजेश खड्का ४ सय ८५ र सहसचिवमा यादव अधिकारी ५ सय ७४, कृष्णमुरारी न्यौपाने ५ सय १४ मत प्राप्त गरी प्रतिस्पर्धीलाई जित्न सफल भएका हुन् ।
खुला सदस्यमा प्रेम खत्री, उमेशकुमार खड्का, धर्मरत्न खाइतु, रामबहादुर कासुला, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापा मगर, देवेन्द्र थापा श्रेष्ठ, राजेश मानन्धर, महिला सदस्यमा कल्पना लामिछाने, रजनी किसिजु, ललिता धिताल, रमिला कपाली निवाचित भएका छन् । ।
समानुपातिक आदिवासी जनजातिमा रामेश्वर ध्वजु, धनबहादुर थिङ, रामप्रसाद धौबन्जार, महिलामा रोशनी तामाङ, दिललक्ष्मी कायस्थ चयन भएका छन् । यसै गरी समानुपातिक खस आर्यमा देवेन्द्र न्यौपाने र अच्युत अधिकारी, सिर्जना केसी, दलित सदस्यमा मनिता नेपाली, मधेशी थारू मुस्लिममा रामदिनेश लाल कर्ण अल्पसंख्यकमा शशि बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।