नेपाललाई स्विट्जरल्यान्ड सरकारले कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ । स्विट्जरल्यान्डले नेपाललाई एक लाख ४४ हजार डोज कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध उपलब्ध गराएको हो ।
आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा। रोशन पोखरेललाई नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलरले खोप हस्तान्तरण गरेका हुन् ।
स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको खोपसहित पीसीआर परीक्षण किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।