पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन्।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ। तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन्। जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन्।