नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ।
पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको हो।
माओवादी केन्द्रले भने शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसअघि मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा केन्द्रित हुनुपर्ने भन्दै साउन २० गतेका लागि बोलाइएको बैठक शनिबारका लागि सारिएको थियो। तर, मन्त्रिपरिषद् भने बिस्तार हुन सकेको छैन।