काठमाडाैं- लामाे समय देखि बन्द रहेकाे चन्द्रागिरी हिल्स रिसोर्ट सञ्चालनमा आएको छ। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि सरकारले देशब्यापी लकडाउन गरेपछि बन्द भएको चन्द्रागिरी हिल्स रिसोर्ट साेमबार देखि सञ्चालनमा आएको हाे। रिसोर्ट सञ्चालनमा आएसँगै ग्राहकहरूका लागि 'समर गेट वे प्याकेज'को प्रि-बुकिङ खुल्ला गरेको छ।
कम्पनीले ११ हजार ९ सय ९९ रुपैयाँमा केवलकार, ब्रेकफास्ट, खाना र रिसोर्टमा डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको हो। चन्द्रागिरी हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार चन्द्रागिरीमा आउने सबैलाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि विश्व स्वास्थ्य संगठन (डब्लुएचआे) र नेपाल सरकारले बनाएको प्रोटोकलमा रहेर मात्रै प्रवेश दिइनेछ।
