सरकारले दलविभाजन सम्बन्धि अध्यादेश ल्याएसँगै तरंगीत बनेकाे नेपाली राजनीति यतिबेला मधेशवादी दलमा केन्द्रित छ । अध्यादेशकाे आडमा लगभग फुटकाे संघारमा पुगेकाे समाजवादी पार्टीले मध्यरातमा राष्ट्रिय जनता पार्टीसँगकाे एकता प्रत्रिया टुंगे लगायाे । एकिकृत पार्टी जनता समाजवादी पार्टी आज विहानै निर्वाचन आयेगमा दर्ता समेत भयाे । तर तत्कालिन समाजवादी पार्टीका नेताहरुले सरकार पक्षधरले आफ्ना एकजना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेकाे आराेप लगाएका छन् ।
सांसद रेणु यादवको नेतृत्वमा ७ जना सांसदले छुट्टै पार्टी खोल्ने निर्णय गरेसँगै संकटमा परेपछि समाजवादी पार्टीका नेताहरुले सांसद डा. यादवको अपहरण भएको हल्ला फिजाँएको समाजवादी पार्टीका शिर्षस्थ नेतासँग असन्तुष्ट रहँदै आएका एकजना सांसद बताउँछन् ।
ति सांसद भन्छन्, "राजनीतिक छलफलका लागि सांसद यादवकै सहमतीमा उनलाई जनकपुरबाट काठमाडाैं झिकाइएको भएपनि समाजवादी पार्टीका शिर्षस्थ नेताहरु नै अपहरणको मनगणन्ते कहानी बुन्दै सञ्चारमाध्यममा प्रचारवाजी गरिरहेका छन्।" प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुर्वमन्त्री महेश बस्नेत, किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नै सांसद यादवको अपहरण गरेको भन्ने समाजवादीकाे भनाइ निराधार भएकाे उनी बताउँछन्।
उनका अनुसार, सांसद डा. यादव राजीखुशीले आफ्नो परिवारको मञ्जुरी लिएर नै काठमाडौं आएका थिए। पार्टीभित्रको आन्तरिक राजनिती जटिल बन्दै गएपछि उनी काठमाडौं आएका हुन्। लकडाउनको समयमा काठमाडौं–सिन्धुली सडकखण्डमा सवारीको अत्यधिक चापले असहज स्थिती उत्पन्न भएपछि पुर्वमन्त्री बस्नेत, श्रेष्ठ र पुर्वआईजिपी खनाल सहजीकरण गर्न त्यहाँ पुगेका थिए।
उनीहरुले त्यहाँ अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई खानाको व्यवस्था गर्नुको साथै सवारी आवागमन सहज बनाउन पनि भुमिका खेलेका थिए। राहतमा जुटेको बेलामा पुर्वआईजिपी खनाललाई समाजवादी पार्टीकै एक नेताले फोन गरेर डा. यादवलाई काठमाडौं झिकाईदिन आग्रह गरेका थिए। ‘‘पार्टीकै अग्रज नेतामार्फत हामीले सर्वेन्द्र खनाललाई आग्रह गर्न लगाएका थियौँ’’ रेणु यादव पक्षका एक सांसदले भने ‘‘नल्याई नहुने भएपछि सुरेन्द्रज्यूले नै एकदमै सम्मान गर्ने खनाल सरलाई भन्न लगाएका हौ।’’
खनाल एसपी हुँदा जनकपुर बसेको हुँदा उनको सांसद यादवसँग पुरानो चिनजान थियो। त्यहि नाताले उनी जनकपुर गएका थिए। जँहा उनले सांसद यादवकै घरमा खाना खाए भने सांसद यादवले केहि स्थानिय नेताहरुसँग खनालसँगै गएर भेटेका थिए।
त्यसपछि उनी आफ्नै गाडिमा निजी सुरक्षागार्ड लिएर प्रदेश सांसद कौशल यादव र आफ्ना भिनाजुसँग काठमाडौं आएका थिए। पुर्वआईजिपी खनाललगायतका व्यक्ति भने छुट्टै गाडीमा काठमाडौं आएका थिए। ‘‘उहाँहरु बाटोमा रोक्दै गफ गर्दै आउनुभएको थियो,’’ श्राेत भन्छ, ‘‘यहाँ होटलमा आएर छुट्टीनुभएको हो।’’
त्यसपछि समाजवादी पार्टीका केहि नेताहरुले डा. यादवलाई होटलबाट लिएर गएको र नियन्त्रणमा राखेको सांसद रेणु यादव पक्षका उनले बताए। ‘‘अपहरण सपहरण केहि भएको होईन’’, उनले भने ‘‘यो सब निराधार हल्ला हो।’’
श्रोतका अनुसार एकाएक राजपा र समाजवादी पार्टीविच एकीकरण भएपछि सांसद यादव दोधारमा परेका थिए। पार्टीभित्र र बाह्य शक्तिबाट दवाव आएपछि सांसद यादव ‘‘ब्याक’’ हटेका छन्। ‘‘उहाँ नयाँ पार्टी खोल्नकै लागि भनेर यहाँ आउनुभएको थियो तर अत्याधिक रुपमा दबाव आएपछि उहाँ ब्याक हट्नुभयो,’’ ति सांसदले नेपाली पब्लिकलाइ बताए ।