एजेन्सी– बलिउडकी अभिनेत्री नेहा धुपिया गलत बोली को कारण ट्रोलको शिकार बनिरहेकी छिन्। भारतीय रियालिटी सो ‘रोडिज’ मा दिएको अभिव्यक्तिका कारण उनको आलोचना भइरहेको छ।
‘रोडिज’ को एक एपिसोडमा एक सहभागी युवाले आफ्नी प्रेमिकाले धोका दिइरहेको थाहा पाएपछि झापड हानेको प्रतिक्रिया दिएलगत्तै अभिनेत्री धुपियाले उनलाई गाली गरेकी थिइन्। नेहाले ती युवालाई झपार्दै महिलामाथि हात उठाउने अधिकार कसैलाई नभएको बताएकी थिइन्। जसका कारण उनि ट्राेलकाे सिकार बन्न पुगिन्।
सामाजिक सञ्जालमा नेहाविरुद्ध अभिव्यक्तिहरू आइरहेका छन्। उनले आफ्नो अभिव्यक्तिलाई गलत व्याख्या गरिएको भन्दै महिलाविरुद्ध हुने हिंसा सहन नसक्ने प्रतिक्रिया दिएकी थिइन्।सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले भनेकी छन्, ‘ती युवतीले गरेका काम उनको नैतिक अधिकार र व्यक्तिगत विषयका कुरा हुन्। मैले सम्बन्धमा धोकालाई महत्व दिन खोजेको होइन। ती युवतीको सुरक्षाको विषयमा बोलेको हो।’तर यसै विषयमा बोल्दा मेरो बोलीको गलत व्याख्या गरियो।


