काठमाडौं – करण परियार नेपाल आइडल सिजन ५ को विजेता बनेका छन्।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् । उनले दर्शकको भोटको आधारमा यो उपाधी जितेका हुन् ।
नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङले फस्ट रनरअपको उपाधि जितिन् भने सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । विजेताहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे ।
एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।
चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ का निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।