काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । रास्वपाले यसअघि गृह मन्त्रालय नै चाहिने भन्दै त्यसका लागि दुई दिनको हल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदै छ । अहिले रास्वपाको आकस्मिक बैठक बसिरहेको छ ।