काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ ।
यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिँदै आएको छ ।