काठमाडौँ । नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।
यसका लागि उनीहरूले दुवै समितिमा लिखित निवेदन दर्ता गराएका हुन्।प्रतिनिधिसभा नियमावलीमा समितिका कम्तीमा एक चौथाइ सदस्यले बैठकको माग गरेमा सभापतिले पाँच दिनभित्र बैठकको मिति र समय निर्धारण गर्नुपर्ने व्यवस्था छ।तर, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल हाल चीन भ्रमणमा रहेकाले उक्त समितिको बैठक तत्काल बस्ने सम्भावना कम देखिएको छ।