काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
सिन्धुलीका युवराज सफलले बुधबार लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
लामिछानेको नागरिकताको विषयमा दायर रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसी तोकिएको छ।
चितवन २ बाट सांसद निर्वाचित लामिछानेको नागरिकता विवादबारे प्रहरीले छानविन गरिरहेको छ।
रिटमा सांसद पदमा सपथ नगराइ लामिछानेको पद खारेज गर्न माग गरिएको छ।