अस्ट्रेलियाका पूर्व कप्तान जार्ज बेली राष्ट्रिय चयन समितिको अध्यक्षमा नियुक्त भएका छन् । क्रिकेट अस्ट्रेलियाले ट्रेवर होन्सको ठाउँमा बेलीलाई आइतबार नियुक्त गरेको हो ।
बेली फेब्रुअरीमा उक्त चयन समितिको सदस्य बनेका थिए । उनको अनुवाईमा चयन समितिले घरेलु एशेज सिरिज र उपमहाद्धीप भ्रमणकालागि टिम छनोट गर्ने ।
राष्ट्रिय चयन समितिको अध्यक्षमा नियुक्तपछि बेलीले भने, ‘म ट्रेवरलाई धन्यवाद दिन चाहन्छु, उहाँले मलाई धैरे सहयोग गर्नुभएको छ ।’