जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शेरबहादुर देउवालाई मत दिने बताएका छन् ।
उनले संसद्मा बोल्दै यस्तो बताएका हुन् । ‘हामी शेरबहादुर देउवालाई मत दिन्छौँ,’ उनले भने, ‘जनताको आदेशले होइन परमादेशले बनेको सरकार हो । मेरो निवेदन के हो भने जब प्रधानमन्त्रीको निर्वाचनको प्रसंग आउँछ तब हामी आफूलाई अर्थात् हाम्रो आन्दोलनलाई कमजोर बनाएको पाउछौँ ।’
ठाकुरले प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई तथा शुभकामना पनि दिए । उनले आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको पनि बताए ।
‘प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो हामीले स्वीकार ग¥यौं,’ उनले भने, ‘हामी विश्वासको मत दिन्छौं।’ अध्यक्ष ठाकुरले आफूहरूले उठाइरहेका माग पूरा गर्न पनि आग्रह गरेका छन् ।
उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही माग पूरा गरेकोमा प्रतिनिधि सभा बैठकमा बोल्दै धन्यवाद दिए ।