विवेकशील साझाका संयोजक मिलन पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।
सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेपछि संयोजक पाण्डेले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
संयोजक पाण्डेले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलाको स्वागत गरेका छन् ।
‘एउटा अहंकारको अन्त्य हुनै थियो, भयो । अब केपी ओली प्रवृत्तिको पनि अन्त्य हुन जरुरी छ,’ विवेकशील साझाका संयोजक पाण्डले आफ्नो फेसबुकमा लेखेका छन्, ‘संविधान ट्रयाकमा आयो । अब संसद्ले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउनुपर्छ ।’
राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले पहिलोपटक गत पुस ५ मा पनि प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिनिसभा विघटन गरेकी थिइन् ।
सम्बन्धित समाचारः प्रतिनिधिसभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश