काठमाडौँ ।सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको ज्यान गएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका छोरा आयान्स कुमार यादव रहेका छन्। मंगलबार बिहान घरनजिकै खेलिरहेका बालकलाई पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि मोटरसाइकल र चालक फरार रहेका छन्। उनीहरूको पहिचान तथा खोजीका लागि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।