काठमाडौँ ।रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले अवैध हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट परिचालित टोलीले सोमबार ओमसतिया–६ स्थित नारायणपुरमा खोजतलास गरेको थियो।खोजीका क्रममा स्थानीय २३ वर्षीय अमन कुमार धवलको घरबाट लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा फेला परेको प्रहरीले जनाएको छ।हतियार बरामद भएपछि प्रहरीले धवलसँगै सोही ठाउँका २० वर्षीय सुनिल केवटलाई पनि पक्राउ गरेको हो।पक्राउ परेका दुवै जनामाथि हतियारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिएका छन्।