नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछी बसेको पहिलो मन्त्रिपरिषद बैठकले पुर्व मुख्यमन्त्रीहरुलाई पुर्वप्रधानमन्त्रीसरहको सुविधा दिने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले मन्त्रिपरिषद बैठकमा यसविषयमा छलफल भएको तर निर्णय भने नभइसकेको बताए।
उनले भने, ‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेन । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर हामीले छलफल गर्यौं । सामान्य समझदारी भए पनि निर्णय हुन बाँकी छ।’
प्रवक्ता खड्काले पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने बताउदैँ यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने जानकारी दिए। सरकारे नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे पनि कुराकानी भएको उनले जानकारी दिए। अर्थमन्त्रीको जिम्मेवारी कसैलाई नदिएकाले मुख्यमन्त्रीले नै बजेटको वाचन गर्न सक्ने उनको भनाइ छ।