नेपालको राजनितीक परिवर्तनहरुमा छिमकी राष्ट्रहरुको चासो अलि बढी नै हुन्छ। प्रत्यक्ष–अप्रत्यक्ष रुपमा उत्तर र दक्षिणका छिमेकीहरुले नेपालको राजनीतिलाई आफुँतिर झुकाउन प्रयास गरिरहेका हुन्छन्। नेपालको राजनीति प्रायः अस्थिर रहनुको एउटा मुख्य कारण यो पनि हो।
यसैविच भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छ। उसले नेपालको राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिलाको रुपमा व्याख्या गरेको छ। ‘हामीले नेपालमा हालसालका राजनीतिक घटनाक्रमको नोट लिएका छौँ,’ बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै ट्वीटमार्फत भने, ‘हामी यी चीजलाई नेपालको आन्तरिक मामिलाको रूपमा हेर्छौ।’
पछिल्लो समय नेपालको राजनीतिक मामिलामा भारतीय हस्तक्षेप रहेको भन्ने धारणा विकास भएको समयमा भारतीय विदेश मन्त्रालयद्वारा स्पष्टीकरण आएको हो। भारतीय विदेश मन्त्रालयले भननेको छ, ‘छिमेकी र मित्रको रूपमा भारत प्रगति, शान्ति, स्थायित्व र विकासतर्फको यात्रामा नेपाल र त्यहाँका जनताको समर्थनमा अटल रहन्छ।’