काठमाडौं – त्रिदेशीय क्रिकेट सिरीजअन्तर्गत नेदरल्याण्डससँगको दोश्रो खेलमा कुशल भुर्तेलपछि दिपेन्द्र सिं ऐरीले पनि अर्धशतक पुरा गरेका छन्। आक्रामक रुपमा व्याटिङ गरिरहेका दिपेन्द्रले २८ बलमै आफ्नो अर्धशतक पुरा गरे।
यसक्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे। यसअघि नेपालका किर्तीमानी ओपनर कुशल भुर्तेलले लगातार तेश्रो खेलमा पनि अर्धशतक पुरा गरेका थिए। भिभियन किङ्गमाको बलमा बास डि लिडेको हातबाट क्याचआउट हुनुअघि भुर्तेलले ४६ बलमा १ छक्का र ८ चौकाको मदतमा ६२ रन बनाए।
यि दुई व्याटसम्यानको आक्रामक व्याटिङका कारण नेपाल बिशाल योगफलतर्फ अघि बढिरहेको छ।