कोरोना महामारीका कारण बन्द भएको काठमाडौंको हात्तिसारस्थित ‘आलिशान लाउञ्ज’ पुनः सञ्चालनमा आउने भएको छ। कोरोना महामारी र लामो बन्दाबन्दीका कारण बन्द रहेको आलिशान लाउञ्ज शुक्रबारबाट पुनः सञ्चालन आउने भएको हो।
आलिशान लाउञ्जका सञ्चालक राम थापाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपले पालना गर्दै लाउञ्ज पुनः सञ्चालनमा ल्याउन लागेको बताए।
‘कोरोना भाइरसको जोखिमबीच सुरक्षा सतर्कता अपनाएर लाउन्ज सञ्चालन गर्ने छौं,’ थापाले भने। ग्राहकको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै थापाले सुरक्षाका सबै मापदण्ड पूरा गरी लाउञ्ज सञ्चालन गरिने जानकारी दिए।
लाउञ्जमा लाइभ म्यूजिकको मज्जा लिन सकिन्छ। त्यसका साथै लाउञ्जमा नेपाली, इण्डियन र चाइनिज परिकारहरू उपलब्ध हुने थापाले बताएका छन्।