काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा अध्यक्षको अधिकार किटानी र मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल भएको छ । आज बिहीबार भएको भेटवार्तामा उनीहरूबीच अध्यक्षको अधिकार किटानी र मन्त्रिपरिषद् हेरफेरबारे छलफल भएको हो ।
त्यस्तै, भेटवार्तामा अहिलेसम्म भएका विवादको आत्मालोचना र महाधिवेशनबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । आजको भेटवार्ता विवाद सुल्झाउन सकारात्मक भएको सापकोटाले बताए ।
भेटवार्तामा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी भएका थिए । ओली–प्रचण्डबीच शुक्रबार पुनः छलफलमा बस्ने सहमति भएको बताइएको छ ।