काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । मंगलबार बिहान ११ बजेलाई बोलाएको स्थायी कमिटीको बैठक पौने दुई बजेबाट सुरु भएको छ ।
मंगलबार ११ बजे बस्ने भनेको स्थायी कमिटीको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक तर्फीरुपमा अनिश्चित समयकोलागि स्थगित गरेका थिए । तर अर्का अध्यक्ष र वरिष्ठ नेता झलनाथ खनाल ,माधव नेपाल पक्षले भने बैठक सुरु गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
१० असारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक विवादका कारण पटक पटक स्थगित हुँदै आएको छ । दुई अध्यक्षबीच सहमति भएपछि बैठक बस्ने भनिएपनि अहिलेसम्म सहमति हुन नसक्दा पटक पटक स्थगित हुँदै आएको छ ।
आजको बैठक भने ओली पक्षले बहिस्कार गरेका छन् । ओली पक्षको बरिस्कार पछि पनि बैठक बसेर बहुमतको आधारमा निर्णय गर्ने देखिन्छ ।