काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष धु्रवकुमार देउजाको आज निधन भएको छ। लामो समयदेखि नशासम्बन्धी रोगबाट पीडित भएका उनको आज बिहान उपचारका क्रममा हिमाल नर्सिङ होम, नक्सालमा निधन भएको उनका छोरा विपीनले जानकारी दिएका छन्।
विसं १९९९ पुस १६ गते काठमाडौँमा जन्मिनुभएका देउवा रेडियो नेपालमा समेत निर्देशक रहेको थियो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। बालुवाटारमा बस्दै आएका देउजाका एक छोरा, एक छोरी र श्रीमती छन्। (रासस)