काठमाडौं – सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ।आज चँदी तोलामा एकैपटक ८० रुपैयाँ घटेको छ। हिजो ७ सय ९० रुपैयाँ तोला रहेको चाँदी आज ७ सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।