ओमन - बलिङतर्फ शानदार प्रदर्शन गरेका करन केसीले व्याटिङमा पनि शानदार प्रदर्शन गरेपछि नेपालले नेदरल्याण्डमाथी रोमाञ्चक जित हात पारेको छ। माथिल्लो क्रमका व्याट्सम्यानहरु नचलेको खेलमा करणले नेपाललाई हारको मुखबाट निकालेर जित दिलाए।
दोश्रो जित दर्ता गर्ने क्रममा रोमान्चक खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको हाे। खेलमा पहिले ब्याटिंग गर्दै नेदरल्याण्डले दिएको १ सय ३द्ध रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १९ ओभर ५ बलमा पुरा गर्यो।
बलिङतर्फ ४ विकेट लिएका करणले व्याटिङमा पनि आफ्नो आक्रामक रुप देखाए। अत्यावश्यक ३१ रनको पारी खेल्ने क्रममा उनले केवल १४ बलमा ३ शानदार छक्का र १ चौका प्रहार गरे।
जितका लागि नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो, करणले सोहि ओभरमा २ छक्का, एक चौका र एक रन लिएर नेपाललाई बिजयी बनाए।
लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन। पवन सर्राफ ९ तथा आरिफ शेख २ रन बनाएर आउट भए। त्यसपछि पारस खड्का र दिपेन्द्र ऐरीले तेश्रो विकेटको लागि ३२ रनको साझेदारी गरे। ८ रन बनाएर ऐरी आउट भए। धैर्यतापुर्वक ब्याटिंग गरिरहेका पारस ३३ रन बनाएर आउट भए जसले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
ऐरी र खड्का दुवैको विकेट भान डर मर्वेले लिए। त्यसपछि रोहित पौडेल ५ तथा अघिल्लो खेलको हिरो बिनोद भण्डारी २६ रन बनाएर आउट हुँदा नेपाल खेल हार्ने स्थितिमा पुग्यो।
बिनोद भण्डारीको विकेट जाँदा नेपाल १८ ओभरमा १०६र६ को स्थितिमा पुग्यो। जितको लागि १२ बलमा २८ रन आवस्यक रह्यो। ग्लोभरले गरेको १९ औं ओभरमा करनले एउटा छक्का प्रहार गरे जसको मदतले नेपालले उक्त ओभरमा ११ रन बनायो। अब अन्तिम ओभरमा नेपाललाई १७ रन आवस्यक रहेको थियो।
अन्तिम ओभरको पहिलो बलमा करन केसीले शेन स्नेटरलाई छक्का प्रहार गरे। त्यसपछि दोश्रो बल डट गरेता पनि तेश्रो बलमा करनले चौका तथा चौथो बलमा छक्का प्रहार गरे। पाँचौ बलमा १ रन लिंदै करनले नेपाललाई रोमान्चक जित दिलाए।
अविजित ३१ रन बनाउने क्रममा करनले १४ बलमा ३ छक्का र १ चौका प्रहार गरे। टि(२० अन्तर्राष्ट्रियमा करनको यो सर्वाधिक व्यक्तिगत रन समेत हो। सोमपाल कामि ३ रनमा अविजित रहे। नेदरल्याण्डको बलिंगमा भान डर मर्वेले २ विकेट तथा फ्रेड क्लासेन, भान मिकीरन, एकरम्यान र ग्लोभरले १-१ विकेट लिए।
पुरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस
यो पनि पढ्नुहोस:
सन्दिप र करणको उत्कृष्ट बलिङ, नेपाललाई १३४ रनको लक्ष्य
करण र बिनोद चल्दा नेपाल बिजयी (स्कोर कार्डसहित)