ओमन - सन्दिप लामीछाने र करण केसी मिलेर ८ विकेट लिएपछि नेपालले नेदरल्याण्डलाई १ सय ३३ रनमा अलआउट गर्न सफल भएको छ। आक्रामक शुरुआत गर्दै ठुलो योगफलतर्फ अघि बढिरहेको नेदरल्याडको टिम पछि सन्दिप र करणको बलमा धरासायी बन्यो। दुबैले समान ४–४ विकेट लिए।
टस हारेर व्याटिङ गर्न आएको नेदरल्याण्डलाई दोश्रो ओभरमा नै सन्दिपले पहिलो झट्का दिएका थिए। त्यसपछि सम्हालिदै आक्रामक व्याटिङ गरिरहेका डच व्याट्सम्यानहरुलाई करणले रोके। डच टिम १९ ओभर ३ बलमा अलआउट भयो। शानदार बलिङ गर्ने क्रममा सन्दिप लामीछानेले ४ ओभरमा २० रन खर्चदै ४ विकेट लिए भने करण केसीले ३ ओभर ३ बल फ्याकेर १७ रन खर्चदै समान ४ विकेट लिए।
नेदरल्याण्डको तर्फबाट व्याटिङमा म्याक्स ओ–डाउडले ४४ बलमा ४ चौकासहित ४३ रन, कोलिन एकरमानले २० बलमा २ छक्का र १ चौकासहित २९ रन, एन्टेनियस स्टालले १४ बलमा २ छक्का र १ चौकासहित २१ र स्कट एडवार्डसले १३ बलमा १ छक्कासहित १६ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्।
नेपालका ललित राजबंशीले पनि १ विकेट हात पारे। १ सय ३४ रनको लक्ष्यसहित नेपाल अहिले जवाफि व्याटिङ गरिरहेको छ।
नेपाल र नेदरल्याण्डबिचको खेल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।
याे पनि पढ्नुहाेस: करण र बिनोद चल्दा नेपाल बिजयी (स्कोर कार्डसहित)