काठमाडौँ – कार्ल्सवर्ग वर्ग फाउण्डेसनले योङ्ग ग्लोबल पायोनियर्स (वाईजीपी)छात्रवृतिको प्रायोजन गर्दैछ। विश्वभरिका युवावर्गलाई लर्निङ्ग जर्नीको आयोजना गर्नको लागि प्रायोजन गरिएको यस छात्रवृतिमार्फत इञ्जिनीयरीङ्ग विद्यार्थी सारस अधिकारी लाई नेपालबाट छानिएको छ।
नेपाली हस्तकलालाई प्रवर्धन गर्ने सारसको प्रभावकारी व्यवसायको सोचको लागिसारसलाई गोर्खा बु्रअरीले अभिनन्दन गरेको छ । विश्वभरिका हजारौं सहभागीहरु मध्ये सारसलाई छानिएको हो।
योङ्ग ग्लोबल पायोनियर्स २०१९ लर्निङ्गजर्नी, युवाको विश्वव्यापी कार्यक्रम हो, जसको थालनी काल्र्सवर्ग फाउण्डेसनद्वारा गरिएको हो, जसले १६ देशहरुबाट २२ युवाहरुलाई एक साथ राखेर उनीहरुको विचारहरु एक–आपसमा बाँड्न प्रेरित गर्दछ।
यस फाउण्डेसनले नेपालबाट सारसअधिकारीलाई छानेको छ, जसले अन्य सहभागीहरुका साथ ३ हप्ताको यात्राको लागि तान्जानीयामा स्थानीय सहभागीहरुसँग भेट्न, विश्वविद्यालयएवं बिजनेस हाउस भ्रमण गर्न र युवा ईलिट उद्यमीहरुसँग भेटेर उनीहरुको अनुभव र अन्तदृष्टिबुझ्ने मौका प्राप्त गर्नेछन्। समग्रमाभन्नु पर्दा लर्निङ्ग प्रोग्रामले उत्कृष्ट प्रतिभाहरुका लागि विश्वभरि नेटवर्क बनाउने गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले बताए।