काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्धारा सञ्चालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय,नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्ध एजुकेशनल एकेडेमीका प्रबन्ध सञ्चालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरेका छन्।
सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लाग हुने गरि १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सहमति भएको छ।