काठमाडौँ– प्रभु बैंक लिमिटेडले धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले गरेका हुन्।
शाखा कार्यालयबाट सो क्षेत्रका स्थानीय, फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय बैंकिङ सेवा पाउने जनाएको छ। बैंकको यो शाखासहित मुलुकभर १ सय ८६ वटा शाखा, १ सय ४६ एटीएम र २३ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको बैंकले जनाएको छ।