काठमाडौँ – एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड आजबाट शुरू गरेकोे छ। बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटीएम/पीओएस मेशिनमार्फत सामान वा सेवा लिन सकिने, ईएमभीमा आधारित सुरक्षित कार्ड, यात्राका लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुविधा रहेको छ।
एनसीसी बैंकको भिसा क्रेडिट कार्डको शुरूमा नै बैंकले असार महिनाभरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरूलाई पहिलो वर्ष निःशुल्क एनसीसी बैंकको भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ।