काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटल नयाँदिल्लीबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप-महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन्।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटीएम, ४५ वटा एक्सटेन्सन काउन्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।