काठमाडौँ – सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ थप दुई वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ। बैंकले तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ९ गजौडेमा ३४औँ र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६ जलजले बजारमा ३५औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो।
व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले एक समारोहका बीच गजौडेमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन्।
साथै, ३५औँ शाखारहित बैंकिङ्ग सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रुपमा उद्घाटन गरी पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन्।