काठमाडौँ - सिभिल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सम्भावनाहरूको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका हुने बताए। सामाजिक उत्तरदायित्वअन्तर्गत ग्राहकको हितलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवा र सुविधालाई परिस्कृत गर्दै लैजाने तथा पहुँच विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।