काठमाडौँ – कुमारी बैंक लिमिटेडको विशेष साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ । सभाले बैंककाे अध्यक्षमा अमिरप्रताप राणालाई चयन गरेकाे छ। नवनिर्वाचित सञ्चालकहरूको बैठकले राणालाई साे पदमा सर्वसम्मत रूपमा चयन गरेको हाे।
साथै, साे विशेष साधारणसभाले संस्थापक समूहको तर्फबाट अमिरप्रताप राणा र कृष्णप्रसाद ज्ञवाली तथा सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने महेशप्रसाद पोखरेल र अनुराधा चौधरी सञ्चालक समितिकाे सदस्यमा निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालकहरू चार जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेशप्रसाद पाठकसहित पाँच जनाको सञ्चालक समिति रहनेछ।