काठमाडौँ - प्रभु बैंक लिमिटेडले कैलालीको गोदावरी नगरपालिका वडा नं. १ स्थित अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ। उक्त शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले गरेका हुन्।
उक्त शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालय, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, स्थानीय व्यापारी, बुद्धिजीवि लगायतको उपस्थिति थियो।
बिहीबारदेखि सञ्चालनमा आएको शाखा कार्यालयबाट स्थानीयवासी, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ।