काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. २५ मा हेम्जामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा गरेका हुन्।
बैंकका अध्यक्ष चन्द्रकान्त बरालले कार्यक्रममा बोल्दै संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासनसमेत महत्वपूर्ण रहने हुँदा विकास बैंकले सेवाप्रवाह सँगसँगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिइरहेको बताए।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन सँगसँगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए।