काठमाडौँ - जनता बैंक लिमिटेडले आज बुधबार एकैदिन ६ स्थानबाट कारोबार शुरू गरेको छ। बैंकले काठमाडौंको कीर्तिपुर, भक्तपुरको ठिमी, ललितपुरको पाटन, तनहुँको डुम्रे, रामेछापको मन्थली र पाँचथरको फिदिम शाखाबाट कारोबार शुरू गरेको हो।
बैंकका अनुसार सम्पूर्ण ग्राहकहरूलाई शाखाबाट सुविधासम्पन्न बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ। आगामी दिनमा अन्य स्थानमा पनि शाखा कार्यालय थप गरी वित्तीय पहुँच विस्तारलाई तीव्र बनाउने बैंकले जानकारी दिएको छ।
यी थप ६ वटा शाखासहित बैंकको मुलुकभर शाखा सञ्जाल पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म, शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा गरी कुल १ सय ३५ पुगेको बैंकले जनाइएको छ।