काठमाडौँ – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस के.तमोटले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बैंकले जनाएको छ।