काठमाडौँ – मूल्य अभिवृद्धि करका कारण अब गहुँको पीठो (आँटा) मा प्रतिकिलो ५ देखि ६ रुपैयाँले वृद्धि हुने संघले घाेषणा गरेकाे छ। उद्योग सञ्चालकहरूले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकाले अरबौँको लगानी रहेका ३८ वटा स्वदेशी मैदा उद्योगहरू जाेखिममा पर्ने बताएका छन्।
स्वदेशमै आत्मनिर्भर भइसकेको आँटा जस्तो खाद्य वस्तुमा करको भार थपिदिँदा अवैध आयातले प्रोत्साहन पाउने निश्चित रहेको नेपाल मैदा उद्योग संघले जनाएको छ।
सरकारले देश खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरे पनि व्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले थप चुनौतीको सामना गर्नुपर्नेछ। मैदा उद्यमीहरू निरुत्साहित बन्नुका साथै सरकारी नीतिका कारण अबका केही वर्षमा खाद्य उद्योगहरू बन्द गर्नुबाहेक अरु विकल्प नरहेको उद्योगीहरूले बताएका छन्।