काठमाडौँ – लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ।उक्त सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा ग्राहकहरुले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने विभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन्।