काठमाडौँ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग आवद्ध सम्बन्धी सम्झौता भएको छ। इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त संस्थासँग सम्झौता गरी आवद्ध भएको हो।
यस सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीसँग आवद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्थासँग आवद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन्।
यो प्रणालीमा आवद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन्। यी सबै कारोबारहरु इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्।