काठमाडौँ – विश्वकप क्रिकेटमा मंगलबार श्रीलंका र बंगलादेश भिड्दैँछन्। खेल ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार सवा ३ बजे शुरू हुनेछ।
मंगलबारको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। यसअघि खेलेका तीन खेलमध्ये श्रीलंकाले एक खेलमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। बंगलादेशले पनि तीन खेल खेलेको छ, जसमा उसले एक खेलमा जित र दुई खेल हारेको छ।
श्रीलंका टिम
दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी।
बंगलादेश टिम
मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल।