काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा श्रीमतीको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय रिन्जे शेर्पा छन्। बुधबार बिहान करिब ९ बजे उनले ४९ वर्षीया श्रीमती मिङमाछिकी शेर्पामाथि कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार घटनापछि आरोपित रिन्जेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई नुनढाकी प्रहरी चौकीमा राखिएको छ।घटनाको विस्तृत विवरण तथा मृत्युको परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।