काठमाडौँ – देशकै उत्कृष्ट र गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रालिले पीपीसी सिमेन्ट आज आइतबारदेखि औपचारिक रूपमा नेपाली बजारमा ल्याएको छ। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एन.एस चिन्ह प्रदान गरेसँगै कम्पनीले आजैदेखि उक्त उत्पादन देशव्यापी रूपमा बजारमा ल्याएको हो।
विगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तरी गरी राष्ट्रको विकास निर्माणमा योगदान गर्ने उद्देश्यको साथ पीपीसी सिमेन्टको उत्पादन थालिएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मिथको डेनिस प्रविधिको भीआरएम मेशिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ। साथै, आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्वारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको कम्पनीले जानकारी दिएको छ।
एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाइनमार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने सम्भवत: यो नेपालकै पहिलो सिमेन्ट कम्पनी हो।