काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ इन्टरनेट बैंकिङ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले पहिलै भएको इन्टरनेट बैंकिङ सुविधामा थप सुविधासहित अन्तर बैंक रकम ट्रान्स्फर (आइबीएफटी), सेड्युल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरूको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपीएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधासहित इन्टरनेट बैंकिङको शुरुवात गरेकोे हो।
नयाँ सुविधा भएको इन्टरनेट बैंकिङबाट ग्राहकहरूले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधाहरू उपयोग गर्न सक्नेछन्। ग्राहकहरूले बैंकको हाल सञ्चालनमा रहेका ८५ वटा नै शाखाहरूबाट आफ्ना ग्राहकलाई यो सुविधाको थालनी गरेको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए।